Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

गुरुकुल कलेजको छलाङ: १२ कक्षामा नेपाल प्रथमदेखि नर्सिङमा १८ जनालाई पूर्ण छात्रवृत्ति

गुरुकुल कलेजको छलाङ: १२ कक्षामा नेपाल प्रथमदेखि नर्सिङमा १८ जनालाई पूर्ण छात्रवृत्ति

भरतपुर : चितवनको भरतपुर-९ मा रहेको गुरुकुल स्कुल तथा कलेजले माध्यमिक शिक्षा परीक्षा (SEE) र प्लस टु (+2) मा निरन्तर उत्कृष्ट नतिजासहित शैक्षिक सफलताको नयाँ उचाइ तय गरेको छ। हालै प्रकाशित SEE को नतिजामा विद्यालयका १२ जना विद्यार्थीले ३.६ GPA अङ्क प्राप्त गरेको प्रिन्सिपल टिका चापागाईंले जानकारी दिनुभयो । विद्यालयले विगत वर्षदेखि नै एसइईमा उच्च सफलता कायम राख्दै आएको छ।

​प्लस +2 तर्फ विज्ञान र व्यवस्थापन संकायमा अध्यापन गराउँदै आएको गुरुकुलले राष्ट्रिय स्तरमै आफ्नो उपस्थिति बलियो बनाएको छ । २०८२ सालको राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा यस कलेजका विद्यार्थी असिम कँडेलले ३.९६ GPA प्राप्त गरी नेपाल प्रथम हुन सफल भएको +२ विज्ञान कार्यक्रम संयोजक हरिहर भुसालले बताउनुभयो । यसअघि २०८० सालको कक्षा १२ को परीक्षामा पनि कलेजले जिल्लागत रूपमा प्रथम, तृतीय, चौथो र पाँचौँ स्थान हासिल गरी इतिहास रचेको थियो।

​शैक्षिक नतिजामा मात्र नभई प्राविधिक प्रवेश परीक्षामा पनि कलेजको नतिजा लोभलाग्दो छ। कलेजका अनुसार यहाँ अध्ययनरत विद्यार्थीहरूले हरेक वर्ष एमबीबीएस (MBBS) मा निरन्तर नाम निकाल्न सफल भएका छन्। विगतको वर्षमा मात्रै १८ जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा बीएस्सी नर्सिङ (B.Sc. Nursing) मा नाम निकाल्न सफल भएको संयोजक भुसालले जानकारी दिनुभयो । ​SEE को नतिजा सार्वजनिक भएसँगै कलेजले अहिले कक्षा ११ को विज्ञान र व्यवस्थापन संकायमा नयाँ भर्ना अभियान समेत सुरु गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट