Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

सरकारविरुद्ध आन्दोलनमा उत्रन एमाले महासचिव शंकर पोखरेलको आह्वान

सरकारविरुद्ध आन्दोलनमा उत्रन एमाले महासचिव शंकर पोखरेलको आह्वान

काठमाडौँ : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारले न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाबीचको सन्तुलन खलल्याउने प्रयास गरिरहेको आरोप लगाउँदै युवाहरूलाई सरकारको अधिनायकवादविरुद्ध आन्दोलनमा उत्रिन आह्वान गरेका छन्। ३३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आइतवार आयोजित विमर्श कार्यक्रममा बोल्दै महासचिव पोखरेलले आह्वान गरेका हुन्। उनले सत्तारुढ दल र सरकारबाटै प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुन नपर्ने विकास गर्न खोजिएको आरोप लगाए।

सरकारले सर्वोच्च अदालतको नेतृत्व गोजीबाट निकाल्न खोजेको टिप्पणी गरे। महासचिव पोखरेलले पपुलिज्मको आवरणमा हुर्कंदै गरेको अधिनायकवादको प्रतिवादका लागि युवाहरू एकजुट हुनुपर्ने बताए।


पोखरेलले भने, ‘प्रधानमन्त्री संसद्प्रति उत्तरदायी नहुने परिपाटी विकास गर्न खोजिएको छ। अदालतको नेतृत्व गोजीबाट निकाल्न खोजिएको छ। युवाहरू फेरि अधिनायकवादको विरुद्ध संगठित र आन्दोलित हुनुपर्ने आवश्यकता छ।’

उनले सरकारका मन्त्रीहरूको सम्पत्तिमाथि समेत प्रश्न गरे। उनले मन्त्रीहरूले सुनमा लगानी गरेकोप्रति आपत्ति जनाउँदै केमा लगानी गर्ने भन्ने थाहा नभएको मान्छेले मुलुकको विकास गर्न सक्छ ? भन्दै प्रश्न गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट