Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

दुई दिनमा तोलामा साढे ८ हजार घट्यो सुन

दुई दिनमा तोलामा साढे ८ हजार घट्यो सुन

काठमाडौं : सुनको भाउ ओरालो लागेको छ । दुई कारोबार दिनमै सुन प्रतितोला ८ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम गरेको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा आज ४ हजार ५ सय रुपैयाँले सुनको भाउ घटेको छ । अघिल्लो दिन पनि ४ हजार रुपैयाँले मूल्य घटेर २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै बिहीबार ३ लाख २ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । शुक्रबार र आइतबार गरी सुनको भाउ तोलामा ८ हजार ५ सय रुपैयाँ घटेको हो ।

चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ३९० रुपैयाँमा सुनको कारोबार भएकोमा आज ५ हजार ६० रुपैयाँमा झरेको छ । बिहीबार ५ हजार ७४५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट