Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

रत्ननगरमा पूर्व प्राथमिक तह शिक्षक अभिमुखिकरण तालिम सम्पन्न

रत्ननगरमा पूर्व प्राथमिक तह शिक्षक अभिमुखिकरण तालिम सम्पन्न

चितवन : चितवनकाे रत्ननगर- १० स्थित न्यू स्पिडी ईङ्गलिस बाेर्डिङ्ग स्कुलमा एक दिवसिय पूर्व प्राथमिक तह शिक्षक अभिमुखिकरण तालिम सम्पन्न भएकाे छ । अल्फा बुक्सकाे आयाेजनामा ९ वटा विद्यालयका ५१ जना शिक्षकहरूलाई शनिवार विद्यालय परिसरमा साे अभिमुखिकरण तालिम दिईएकाे हाे । बिद्यालयका प्रधानाध्यापक अर्जुन वहादुर थापाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा शुभारम्भ एकाडेमीका प्राधानाध्यापक तथा प्यापसन चितवनका सह- सचिव पशुपति उपाध्याय, दिव्यज्ञान एकाडेमीका प्राधानाध्यापक तथा प्याप्सन रत्ननगरका सदस्य गणेश शर्मा पाैडेल लगाएतकाे सहभागिता रहेकाे थियाे ।

बुद्धज्वती ईङ्गलिस बाेर्डिङ्ग स्कुल, श्री लिटिल स्टार ईङ्गलिस बाेर्डिङ्ग स्कुल, न्यू स्पिडी ईङ्गलिस बाेर्डिङ्ग स्कुल, दिव्यज्ञान एकाडेमी, शुभारम्भ एकाडेमी, जुटपानी एकाडेमी, सिद्धि विनायक ईङ्गलिस बाेर्डिङ्ग स्कुल, रत्न मित्र शिक्षा सदन र नेपाल काेरीया विज्डम स्कुल गरी ९ वटा विद्यालयकाे सहभागिता रहेकाे न्यू स्पिडी ईङ्गलिस बाेर्डिङ्ग स्कुलका प्राधानाध्यापक थापाले बताउनुभयाे । शिक्षकहरूकाे क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अभिमुखिकरण तालिम आयाेजना गरिएकाे उहाँकाे भनाई छ । शिक्षकहरूलाई साधना भण्डारीले प्रशिक्षण दिनुभएकाे थियाे । कार्यक्रम सञ्चालन विद्यालय सञ्चालक समितिका अध्यक्ष डिल्लिराम पाेखरेलले गर्नुभएकाे थियाे । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट