Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

भारतमा कहिले भित्रिँदैछ मनसुन ?

भारतमा कहिले भित्रिँदैछ मनसुन ?

नयाँ दिल्ली : भारतीय मौसम विभागका अनुसार यस वर्ष मनसुन तोकिएको समयभन्दा ४ दिन अगाडि नै अर्थात् मे २६ मा केरला पुग्ने सम्भावना छ। यद्यपि, अमेरिकी मौसम एजेन्सी नेशनल ओशेनिक एन्ड एट्मस्फेरिक एडमिनिस्ट्रेशनका अनुसार यस वर्ष मनसुन कमजोर हुने, खडेरी पर्ने र भीषण गर्मी बढ्ने आशंका गरिएको छ।

भारतमा सामान्यतया जुन १ मा केरलाबाट मनसुन प्रवेश गर्छ। यस पटक अन्य राज्यहरूमा पनि मनसुन चाँडै पुग्ने अनुमान छ। राजस्थानमा जुन २०, मध्य प्रदेशमा जुन १२, उत्तर प्रदेशमा जुन १८ र बिहारमा जुन ८ देखि १० को बिचमा मनसुन पुग्ने सम्भावना छ।

तापमानको कुरा गर्दा राजस्थान, मध्य प्रदेश, उत्तर प्रदेश, झारखण्ड र विदर्भमा आज हिटवेभको अलर्ट जारी गरिएको छ। यी राज्यका धेरै जिल्लाहरूमा तापक्रम ४६ देखि ४७ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ। मध्य प्रदेश र विदर्भमा आज राति पनि तातो हावा  चल्ने चेतावनी दिइएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट