Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

वीरगञ्जमा तीन होटेललाई कारबाही

वीरगञ्जमा तीन होटेललाई कारबाही

पर्सा :  मूल्य पारदर्शिता सप्ताहअन्तर्गत जिल्ला अनुगमन समितिको संयुक्त अनुगमन टोलीले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा सञ्चालित होटल तथा क्यान्टिनको आकस्मिक अनुगमन तथा निरीक्षण गरेको छ ।

अनुगमनका क्रममा शुक्रबार तीन व्यवसायीले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम कार्य नगरेको पाइएको भन्दै कारबाही गरेको छ ।वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका निमित्त प्रमुख आशुतोष कुशवाहाले संयुक्त अनुगमन टोलीले वीरगञ्ज महानगरपालिका–११ मा सञ्चालित तराई क्यान्टिनका सञ्चालक दीपक शाहलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ विपरीत कार्य गरेको तथा दफा ३८ (ट) बमोजिम कसुर गरेको ठहर गर्दै दफा ३९ (१) (घ) अनुसार रु ५० हजार जरिवाना गरेको जानकारी दिए ।यस्तै, वीरगञ्ज महानगरपालिका–१३ मा सञ्चालित ज्योति मगर होटलका सञ्चालक शेखर मगरलाई ऐनको दफा १५ विपरीत कार्य गरेको तथा दफा ३८ (घ) बमोजिम कसुर गरेको पाइएकाले दफा ३९ (१) (क) अनुसार रु २० हजार जरिवाना गरिएको छ ।


सोही वडामा सञ्चालित चौधरी होटलकी सञ्चालक उर्मिला महतोलाई पनि ऐनको दफा १५ विपरीत कार्य गरेको तथा दफा ३८ (घ) बमोजिम कसुर गरेको ठहर गर्दै दफा ३९ (१) (क) अनुसार रु पाँच हजार जरिवाना गरिएको समितिले जनाएको छ ।

अनुगमनका क्रममा वीरगञ्ज–१३ मा सञ्चालित अनु देवीको व्यवसायमा केही सुधार गर्नुपर्ने देखिएकाले आवश्यक सुधारका लागि सामान्य निर्देशन दिइएको बताइएको छ । जिल्ला अनुगमन समितिले उपभोक्ताको हित संरक्षण तथा बजारलाई व्यवस्थित बनाउन अनुगमनलाई निरन्तरता दिइने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट