Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

लिडार स्पिड गन प्रयोगमा: नारायणगढ–मुग्लिन सडकमा तीव्र गतिमाथि कडाइ

लिडार स्पिड गन प्रयोगमा: नारायणगढ–मुग्लिन सडकमा तीव्र गतिमाथि कडाइ


चितवन :  दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर चितवनले नारायणगढ–मुग्लिन सडक खण्डमा ‘लिडार स्पिड गन’ प्रयोगमा ल्याएको छ।जोखिमपूर्ण मानिएको रामनगर–जुगेडी क्षेत्रको जंगल आसपास दैनिक रूपमा सप्राइज चेकजाँच अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी चलाउने चालकहरूलाई नियन्त्रणमा लिन थालेको हो। पहिलो चरणमा यो प्रविधि चितवनमै प्रयोगमा ल्याइएको हो।
ट्राफिक प्रहरीका अनुसार अधिकांश सडक दुर्घटना तीव्र गतिका कारण हुने गरेको निष्कर्षपछि आधुनिक प्रविधिको प्रयोग बढाइएको हो। कार्यालय प्रमुख डिल्ली नारायण पाण्डेले ‘लिडार स्पिड गन’ ले करिब एक किलोमिटरसम्म गति पहिचान गर्न सक्ने बताएका छन्।
बर्खायामसँगै सडक दुर्घटनाको जोखिम बढ्ने भएकाले यो प्रणाली प्रभावकारी हुने अपेक्षा गरिएको छ। पहिलो दिनमै मापदण्ड विपरीत तीव्र गतिमा सवारी चलाउने ६० भन्दा बढी सवारीसाधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।
प्रदेशका १० वटै जिल्लाका बढी दुर्घटना हुने सडक खण्डहरूमा पनि क्रमशः नियमित रूपमा यस्तो चेकजाँच विस्तार गरिने बताइएको छ।

43ff8463-cd1c-4c76-a64b-6403a111cfa1.jfif
undefined
bb781595-075e-4b0e-bdf9-8f351fc0ea03.jfif
undefined

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट