काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणभित्र आर्थिक अनियमितता भएको दाबीसहित उजुरी परेको छ। प्राधिकरणमा हाल सञ्चालनमा ल्याइएको इकोनोमिक रिसोर्स प्लानिङ अन्तर्गत निर्माण गरिएको सफ्टवेयर खरिद तथा टेन्डर प्रक्रियामा अनियमितता भएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी परेको हो ।
करिब ३० करोड रुपैयाँ लागत अनुमान गरिएको बहुवर्षीय उक्त आयोजनामा प्रशासन प्रमुख विनोद न्यौपाने, सूचना प्रविधि शाखा प्रमुख विष्णु गौतम लगायतका कर्मचारीको संलग्नता रहेको जिकिर उजुरीमा उल्लेख गरिएको छ। स्रोतका अनुसार उक्त विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत प्रारम्भिक अनुसन्धान अघि बढाइरहेको छ। टेन्डर प्रक्रिया, लागत निर्धारण तथा कार्यान्वयनसँग सम्बन्धित विभिन्न पक्षमाथि छानबिन भइरहेको हो ।
यस्तै, आयोजनाको कार्यान्वयन दर देखाउनका लागि कर्मचारीहरूमाथि अनावश्यक दबाब सिर्जना गरिएको तथा आवश्यकताभन्दा बढी नियम लागू गरिएको आरोप समेत लागेको छ। केही कर्मचारीहरूले प्रशासनिक हस्तक्षेपका कारण कार्य वातावरण प्रभावित भएको गुनासो गरेका छन्। यस विषयमा आरोपित पक्षबाट औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij