Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

शारदानगर जेसिजलाई प्रतिष्ठित “संकल्प टु सक्सेस अवार्ड”

शारदानगर जेसिजलाई प्रतिष्ठित “संकल्प टु सक्सेस अवार्ड”

भरतपुर : युवा नेतृत्व तथा सामाजिक सेवामा सक्रिय शारदानगर जेसिज ले नेपाल जेसिजको परिपत्रअनुसार निर्धारित कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गर्दै अप्रिल महिनाको प्रतिष्ठित “संकल्प टु सक्सेस अवार्ड” प्राप्त गर्न सफल भएको छ।

नेपाल जेसिज द्वारा प्रदान गरिएको उक्त अवार्ड शारदानगर जेसिजले उत्कृष्ट कार्यसम्पादन, समयमै कार्यक्रम सम्पन्न गर्ने क्षमता तथा संस्थागत सक्रियताको सम्मानस्वरूप हासिल गरेको हो। यस उपलब्धिले शारदानगर जेसिजको संगठनात्मक क्षमता, नेतृत्व विकासप्रतिको प्रतिबद्धता तथा समाजप्रति समर्पित सेवाभावलाई थप उजागर गरेको छ। स्थानीय तहमा सामाजिक, शैक्षिक तथा नेतृत्व विकाससम्बन्धी विविध कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले छोटो समयमै छुट्टै पहिचान बनाउन सफल भएको छ।

संस्थाका पदाधिकारीहरूले यो सम्मान सम्पूर्ण सदस्यहरूको एकता, मेहनत र समर्पणको परिणाम भएको बताएका छन्। साथै आगामी दिनमा अझ प्रभावकारी, सिर्जनात्मक तथा समाजमुखी कार्यक्रममार्फत समुदाय रूपान्तरणमा योगदान पुर्‍याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। यस उपलब्धिसँगै शारदानगर जेसिज ले नेपाल जेसिजभित्र आफ्नो सशक्त उपस्थिति थप मजबुत बनाएको छ। यो सफलता सम्पूर्ण शारदानगर जेसिज परिवारका लागि गर्वको विषय बनेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट