भरतपुर : पोलार स्टार सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुल ले २०८२ सालको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ । विद्यालयका दुई छात्रा सेन्ड्रिका लामिछाने र दीक्षा अर्यालले ४ जिपिए ल्याउँदै विद्यालयलाई गौरवान्वित बनाएका हुन् । ४ जिपिए ल्याएकी छात्रा सेन्ड्रिका लामिछानेले राम्रो नतिजाका लागि निरन्तर अध्ययन आवश्यक हुने बताइन् । “धेरै विद्यार्थीको बानी विशेषगरी परीक्षाको समयमा मात्र पढ्ने हुन्छ,” उनले भनिन्, “तर उत्कृष्ट नतिजाको अपेक्षा गर्ने हो भने नियमित अध्ययन र मेहनत अपरिहार्य हुन्छ ।”
उनले आफ्नो सफलतामा विद्यालयका शिक्षक तथा अभिभावकको महत्वपूर्ण भूमिका रहेको पनि उल्लेख गरिन् । अर्की छात्रा दीक्षा अर्यालले पनि आफ्नो मेहनतसँगै विद्यालयको सकारात्मक शैक्षिक वातावरणले सफलता हासिल गर्न सहयोग पुगेको बताइन् । उनीहरूले आगामी शैक्षिक यात्रा पनि यही विद्यालयबाट अघि बढाउने योजना रहेको बताएका छन् । विद्यालयका प्राचार्य दयानिधि अर्यालका अनुसार विद्यालयमा प्लस टु तहअन्तर्गत बायो विज्ञान, कम्प्युटर विज्ञान, म्यानेजमेन्ट तथा होटल म्यानेजमेन्ट विषय अध्यापन हुँदै आएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij