काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको सञ्चालक सदस्य पदमा खुल्ला प्रतिस्पर्धाबाट पाँच जनालाई नियुक्त गरेको छ । नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ बमोजिम रिक्त रहेका सदस्य पदमा नियुक्तिका लागि मन्त्रालयले गत २०८३ वैशाख १२ गते गोरखापत्र दैनिकमा सात दिने सार्वजनिक सूचना प्रकाशित गरी आवेदन माग गरेको थियो । सो अवधिभित्र रीतपूर्वक आवेदन पेस गर्ने २७ जना उम्मेदवारहरूमध्येबाट शैक्षिक योग्यता, अनुभव, व्यावसायिक कार्य योजनाको परीक्षण, प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा छनोट समितिले नियुक्तिका लागि सिफारिस गरेको मन्त्रालयले जनाएको छ ।
छनोट समितिको सोही सिफारिसका आधारमा आज (बिहीबार) भएको मन्त्रीस्तरीय निर्णयले पाँच जना उम्मेदवारहरूलाई सञ्चालक सदस्यमा नियुक्त गरेको हो । नियुक्त हुनेहरूमा पोखरा–३० का डा. दिपक प्रसाद बास्तोला, भरतपुर–२ का प्रविन भट्टराई, ललितपुर–१३ का महेश्वर भक्त श्रेष्ठ, काठमाडौँ गोकर्णेश्वर–१ की रुपा लामिछाने र स्याङ्जा आँधीखोला–६ का लिलाराज ढकाल रहेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij