Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

मधेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विहान ११ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने भएका छन्। 

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा वैशाख २८ गते बसेको मन्त्रीपरिषद् बैठकले जेठ १ गते बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिन समय मिलाइदिन गरेको पत्राचारबमोजिम समय मिलाइएको मधेस प्रदेशका सभामुख रामअशिष यादवले जानकारी दिए। 

मधेस प्रदेश सरकारमा सहभागी जनमत पार्टीले वैशाख २२ गते मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कानुनबमोजिम सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधानबमोजिम मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट