Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चोभारमा गोली चल्यो

चोभारमा गोली चल्यो

सोही कार्यालयका एसएसपी सन्तोष खड्काले गोली प्रहारबाट सुजन शाही घाइते भएको बताए । शाही केही दिनअघि कीर्तिपुरमा भएको हत्यासम्बन्धी घटनाको आरोपी भएको बताइएको छ।

घाइते अवस्थामा नियन्त्रणमा लिएर उनलाई अस्पताल पठाइएको खड्काले बताए।कीर्तिपुर नगरपालिका वडा नम्बर–१० स्थित पोडेटोलमा खुकुरी प्रहारबाट गुल्मीको धुर्कोट गाउँपालिका घर भएका विपिन घिमिरेको मृत्यु भएको थियो। 
धारिलो हतियार प्रहारबाट घाइते भएका घिमिरेको उपचारको क्रममा देवढोकास्थित कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो । खुकुरी प्रहारमा संलग्नहरूको प्रहरीले खोजी गर्दै आएकोमा आज नियन्त्रणमा लिने क्रममा गोली नै चलाइएको हो।
 

तीन जना मिलेर उक्त हत्या गरेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij