Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवन-नारायणगढमा Mates International द्वारा 'Study Expo 2026' आयोजना हुँदै, ५० भन्दा बढी विश्वविद्यालयको सहभागिता

चितवन-नारायणगढमा Mates International द्वारा 'Study Expo 2026' आयोजना हुँदै, ५० भन्दा बढी विश्वविद्यालयको सहभागिता

चितवन, नारायणगढ (शहीदचोक) : सन् 2007 देखि शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको Mates International Education & Visa Services ले “Mates Study Expo 2026” तथा विशेष IELTS | PTE Masterclass आयोजना गर्ने भएको छ। कार्यक्रम मे २२, 2026 (जेठ ८ गते) बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म नारायणगढस्थित शहीदचोकमा रहेको मेट्सको कार्यालय परिसरमा सञ्चालन हुनेछ।

विद्यार्थीहरूलाई विदेश अध्ययनसम्बन्धी सही जानकारी, अवसर र मार्गदर्शन प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा एकै दिन Study Expo र Masterclass दुवै समावेश गरिनेछ। कार्यक्रममार्फत विद्यार्थीहरूले अन्तर्राष्ट्रिय शिक्षा प्रणाली, विभिन्न देशका अध्ययन अवसर तथा आवश्यक प्रक्रिया सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्ने अवसर पाउनेछन्।

Study Expo का क्रममा ५० भन्दा बढी अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूको सहभागिता रहनेछ। सहभागी विद्यार्थीहरूले Australia, Canada र United Kingdom लगायतका देशमा अध्ययन गर्ने अवसर, छात्रवृत्ति तथा Application Fee Waiver जस्ता सुविधाबारे जानकारी लिन सक्नेछन्। साथै on-the-spot counselling, career guidance, free entry सहित विभिन्न games, gift hampers र fun activities पनि कार्यक्रमको आकर्षण रहने आयोजकले जनाएको छ।

त्यसैगरी IELTS | PTE Masterclass अन्तर्गत अनुभवी तथा certified trainer द्वारा प्रशिक्षण प्रदान गरिनेछ। Updated study materials, high score strategies र smart test techniques मार्फत विद्यार्थीलाई परीक्षा तयारीमा प्रभावकारी सहयोग पुर्‍याइनेछ।

Mates International Education & Visa Services का अनुसार, यो कार्यक्रमले विद्यार्थीहरूलाई एकै स्थानमा अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गर्ने सुनौलो अवसर प्रदान गर्नेछ। इच्छुक विद्यार्थीहरूलाई QR कोड स्क्यान गरी अग्रिम दर्ता गर्न तथा समयमै उपस्थित हुन अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij