काठमाडौं : रिलायन्स फाइनान्स लिमिटेड र कबिलास रिसोर्ट र फन पार्कबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सम्झौताअनुसार कबिलास रिसोर्ट र फन पार्कमले फाइनान्सका ग्राहक तथा कर्मचारीहरुलाई अधिकतम् १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने भएको छ।
यो छुट ग्राहकहरुले फुड तथा वेबरेज, अकोमोडेसन, बेकरी, फन पार्क टिकट जस्ता सेवाहरुमा प्राप्त गर्न सक्नेछन्।
देशभरी २१ वटा शाखा रहेको रिलायन्स फाइनान्सले यसअघि पनि विभिन्न संस्थाहरुसँग सहकार्य गर्दै ग्राहकहरुलाई यस्ता छुट तथा नवीन सुुविधा प्रदान गर्दै आईरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij