Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई

त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा.सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ । 

प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले यही वैशाख ३० गतेको निर्णायानुसार त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा दैनिक कार्य सञ्चालन गर्ने गरी बज्राचार्यलाई जिम्मेवारी दिएका हुन् ।

इन्जिनियरिङ अध्ययन संस्थानको डीनको समेत कार्य गर्ने गरी बज्राचार्यलाई उपकुलपतिको जिम्मेवारी तोकिएको त्रिवि स्रोतले जनाएको छ । बज्राचार्यले वैशाख ३१ बिहीबार कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयमा पदवहाली गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट