काठमाडौं : नेपाल मोबाइल ब्यवसायी महासंघको तेस्रो केन्द्रीय महाधिवेशन तथा पाँचौँ साधारणसभा १ र २ जेठमा काठमाडौंमा हुने भएको छ।
बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत महासंघले महाधिवेशनबारे जानकारी दिएको हो । महाधिवेशनमार्फत आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन हुनेछ । महासंघका अध्यक्ष भरत भट्टराईले महाधिवेशनमा सहभागी हुन देशभरिबाट १ हजार ५ सय जना प्रतिनिधि काठमाडौं आउने क्रममा रहेको जानकारी दिए । राष्ट्रिय सभा गृहमा हुने महाधिवेशनमार्फत आगामी नयाँ नेतृत्व चयन हुने भट्टराईले बताए।
महासंघका महासचिव सन्तोष घिमिरेले महासंघको देशका ७ प्रदेश र ७० जिल्लामा शाखा विस्तार भइसकेको बताए। घिमिरेका अनुसार देशभर महासंघमा आबद्ध २७ हजार ४०० साधारण सदस्य छन्। महाधिवेशनबाट कुल ५५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुनेछ । पदाधिकारीकारी तर्फ विधान अनुसार अध्यक्ष, निवर्तमान अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १ , ७ उपाध्यक्ष (खुला), महासचिव १, कोषाध्यक्ष १, सचीव ४ मध्ये ३ खुला र १ महिला र सहकोषाध्यक्ष १ निर्वाचित हुने ब्यवस्था छ।
यसैगरी केन्द्रीय सदस्य प्रत्येक प्रदेशबाट २ को दरले कुल १४ जना, संस्थापक संस्था १४ वटाको तर्फबाट १/१ गरि कुल १४ जना, बागमती प्रदेशबाट थप ५ जना, अध्यक्ष द्वारा मनोनीत ५ जना (समावेशीताका आधारमा) कार्यसमितिमा रहने ब्यवस्था छ। महाधिवेशन काठमाडौंको राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा २ जेठ बिहान ९ बजे उद्घाटन हुनेछ । यस्तै त्यसअघि नै अघिल्लो दिन १ जेठमा ह्वाइट पार्टी प्यालेश कौशलटारमा बन्दसत्र बिहान ९ बजेदेखि सुरु हुनेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij