Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

फिल्मको प्रिमियरमा बेहुली गेटअपमा किन पुगिन् आँचल ?

फिल्मको प्रिमियरमा बेहुली गेटअपमा किन पुगिन् आँचल ?

काठमाडौँ : शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘एक मुठ्ठी बादल’को प्रिमियर बुधबार साँझ भएको छ । बिग मुभिज कमलपोखरीमा आयोजित प्रिमिएरमाअभिनेत्री आँचल शर्मा भने बेहुली अवतारमा पुगेकी छन् । फिल्मकी मुख्य अभिनेत्री आँचल शर्माले डिजाइनर मनिस राईद्वारा तयार गरिएको रातो रंगकै गाउन र लामो घुम्तो लगाएर बेहुली अवातारमा हल पुगेकी हुन् । उनीसँगै महिला नौमती बाजा समूह पनि सहभागी थियो ।

साहारा शर्माद्वारा निर्देशित फिल्म प्रिमियरमा कलाकार र रंग पत्रकारको सहभागिता थियो । फिल्ममा आँचल शर्माले ‘माइली’ को भूमिका निर्वाह गरेकी छन्, जसको विवाहको तयारीको रमझम देखिन्छ । उनको पात्रमार्फत विवाहसँग जोडिएका भावनात्मक जटिलता, सामाजिक अपेक्षा र महिलाले भोग्ने व्यक्तिगत अनुभवलाई संवेनशील ढंगले प्रस्तुत गरिएको छ।

फिल्म आफ्नो विवाह वरिपरि घुमेको भएकोले पनि कार्यक्रममा आफू विवाह पहिरनमा सहभागी भएको आँचलले बताइन् । एक मुठ्ठी बादल नेपाली चलचित्रमा प्रायजसो नदेखाइने महिलाका भावना र अनुभवहरूमा आधारित छ रहेको निर्देशक सहारा शर्माले बताइन् ।

फिल्ममा आँचलको अलवा निशा शर्मा, उषा रजक, भीमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनीष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी लगायतको अभिनय छ । फिल्मलाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा छन् । निर्माण टोलीमा जर्मन निर्मातामा सारा फाजिलात, सामीप्यराज तिमल्सेना र अनुप पौडेल छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट