Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

भरतपुरको वाल्मीकि शिक्षा सदन फेरि अब्बल, एसईईमा अनुभव र बिप्लबको ४ जिपिए

भरतपुरको वाल्मीकि शिक्षा सदन फेरि अब्बल, एसईईमा अनुभव र बिप्लबको ४ जिपिए

भरतपुर : भरतपुरमा रहेको वाल्मीकि शिक्षा सदनले शैक्षिक उत्कृष्टताको आफ्नो गौरवशाली इतिहासलाई यस वर्षको एसईई परीक्षामा पनि निरन्तरता दिएको छ। विद्यालयका दुई विद्यार्थीले ४.०० जिपिए प्राप्त गर्दै विद्यालयको शैक्षिक विरासतलाई पुनः एकपटक राष्ट्रिय स्तरमै स्थापित गरेका छन्। यस वर्षको एसईई परीक्षामा अनुभव पौडेल र बिप्लब गौतमले ४ जिपिए हासिल गर्दै विद्यालय, अभिभावक तथा समग्र चितवन जिल्लाकै गौरव बढाएका हुन्।

वाल्मीकि शिक्षा सदनले केवल एसईईमा मात्र होइन, शैक्षिक सत्र २०८२ का लगभग सबै महत्वपूर्ण परीक्षाहरूमा उल्लेखनीय सफलता हासिल गरेको छ। विद्यालयको निरन्तर मेहनत, अनुशासित शैक्षिक वातावरण, दक्ष शिक्षक टोली तथा विद्यार्थीहरूको अथक प्रयासले यस वर्ष विद्यालयलाई सफलता माथि सफलता दिलाएको देखिन्छ।
यसैगरी आधारभूत तह अन्तर्गत कक्षा ८ को परीक्षामा पनि विद्यालयले उत्कृष्ट नतिजा निकाल्न सफल भएको थियो। अन्वेषा अधिकारी, आयन त्रिपाठी र प्रान्जली पराजुलिले ४ जिपिए प्राप्त गर्दै विद्यालयको गौरव अझ उच्च बनाएका थिए। विद्यालयका विभिन्न तहका विद्यार्थीहरूले लगातार उत्कृष्ट नतिजा ल्याउनु विद्यालयको गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धताको प्रमाण भएको अभिभावक तथा शिक्षा सरोकारवालाहरूको भनाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट