Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

बादलले हिजो सदनमा बोलेका कुरा ‘संसदको रेकर्ड’ बाट हटाइयो

बादलले हिजो सदनमा बोलेका कुरा ‘संसदको रेकर्ड’ बाट हटाइयो

काठमाडौँ  : सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा मङ्गलवार एमाले संसदीय दलका नेता रामबहादुर थापाले बोलेका कुरा संसद्को रेकर्डबाट हटाइएको छ। सभामुख डोलप्रसाद अर्यालले मङ्गलवार थापाले बोलेको कुरा संसद्को रेकर्डबाट हटाएको जानकारी दिए। ‘संसद् नियमावलीको नियम २१ खण्ड घ विपरीत रामबहादुर थापाले हिजो बोल्नुभएको कुरा संसद्को रेकर्डबाट हटाउन संसद् सचिवालयलाई रुलिङ गर्छु’, अर्यालले भने।

थापाले बोलेका कुरामाथि सत्तापक्षकै सांसद मनिष खनालले नियमापत्ति गरेका थिए। बुधबारको बैठकमा पनि उनले यो विषयमाथि जिज्ञासा राखेपछि सभामुख अर्यालले उनको भनाइ संसद्को रेकर्डबाट हटाएको बताएका हुन्। थापाले मंगलबारको बैठकमा  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले सत्तारुढ दल रास्वपालाई झुण्डको संज्ञा दिएका छन्।

प्रतिनिधिसभा बैठकमा उनले रास्वपा सुसंगत वैज्ञानिक विचार बोकेको पार्टी नभई अराजक जमातको गठजोड भएको आरोप लगाएका थिए। ‘रास्वपा कुनै सुसंगत वैज्ञानिक विचारधारामा आधारित दल होइन। यो आकस्मिक, अप्रत्याशित रूपमा उत्पन्न भएको अति महत्त्वाकाङ्क्षी, अराजक जमातहरूको अस्थायी गठजोड हो,’ उनले भनेका थिए, ‘यो दार्शनिक रूपमा सारसंग्रहवाद र राजनीतिक रूपमा लोकप्रियतावादको दलदले जगमा अडेको छ।’ 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट