Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

नेपाल स्कटल्याण्डसँग २ रनले पराजित

नेपाल स्कटल्याण्डसँग २ रनले पराजित

काठमाडौँ : आईसीसी विश्कप लिग टू क्रिकेटमा नेपाल स्कटल्याण्डसँग २ रनले पराजित भएको छ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार वर्षाले प्रभावित खेलमा नेपालले झिनो हार व्यहोरेको हो।

टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४३ रन बनाएको थियो। ब्याटिङमा नेपालका सन्दीप लामिछानेले ४ विकेट लिएका थिए।नेपालको जवाफी व्याटिङका क्रममा पानी परेपछि खेल केहीबेर रोकिएपछि ३९ ओभरमा छोट्याइयो र नेपालले २ सय २१ रनको संशोधित लक्ष्य पायो। तर नेपालले ७ विकेट गुमाउँदै २ सय १८ रन मात्र बनाउन सक्यो। नेपालका लागि गुल्सन झाले सर्वाधिक नटआउट ६१ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले ५५ रनको योगदान गरे।

अब नेपालले शनिबार कीर्तिपुर मैदानमा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। लिग २ को अंकतालिकामा अमेरिका र स्कटल्याण्ड शीर्ष २ मा भएका टोलीहरू हुन्। अमेरिकाले २४ खेलमा ३६ अंक जोडेर शीर्षस्थानमा छ भने २९ खेलबाट समान ३६ अंक नै जोडेको स्कटल्याण्ड दोस्रोमा छ। नेपाल भने २५ खेलमा १८ अंक मात्र जोडेर सातौं स्थानमा छ।।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट