Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

अर्घाखाँची दुर्घटनामा मृत्यु हुने चार पुग्यो

अर्घाखाँची दुर्घटनामा मृत्यु हुने चार पुग्यो

काठमाडौँ :  अर्घाखाँचीको पाणिनी गाउँपालिकास्थित दुर्गाफाट कुरुलेमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ। उक्त दुर्घटनामा अन्य २७ जना घाइते छन्।प्रहरीका अनुसार दुई जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो।सुपा देउराली दर्शन गरी पर्वत फर्किँदै गरेको ध १ ख ५०४ नम्बरको बस दुर्घटनामा परेको हो

मृत्यु हुनेमा कास्की पोखरा महानगरपालिका १९ की ७८ वर्षीया राममाया बस्नेत,  सोही ठाउँकी ७८ वर्षीया बिन्दु कुँवर, पर्वतको मोदी गाउँपालिका ५ की ५० वर्षीया कौशिला रेग्मी र बस चालक ४५ वर्षीय रमेश जिसी रहेका अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक दिवसबहादुर जिसीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट