Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

शेयरबजारमा उच्च गिरावट, फाइनान्स र हाइड्रोपावर समूहमा दबाब

शेयरबजारमा उच्च गिरावट, फाइनान्स र हाइड्रोपावर समूहमा दबाब

काठमाडाैं : शेयरबजार परिसूचक नेप्से मंगलबार दोहोरो अंकले घट्दै राताम्मे बनेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से सूचक ३९.४४ अंकले घटेर २ हजार ७४४.४० विन्दुमा पुगेको हो ।

बजार घटे पनि कारोबार रकम भने उल्लेख्य देखिएको छ । आज दोस्रो बजारमा १ करोड ६ लाख ७८ हजार कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब ६६ करोड ५० लाख रुपैयाँबराबरको कारोबार भएको छ ।

आज म्युचुअल फन्डबाहेक सबैजसो उपसूचक ऋणात्मक बनेका छन् । विशेषगरी फाइनान्स समूह, होटल तथा पर्यटन समूह र हाइड्रोपावर समूहको उपसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ । अन्य समूहका उपसूचकहरू पनि गिरावटतर्फ देखिएका छन् ।

कारोबारमा सहभागी अधिकांश कम्पनीको शेयरमूल्य घटेको छ । आज २५१ कम्पनीको शेयरमूल्य घट्दा जम्मा १३ कम्पनीको मात्रै शेयरमूल्य बढेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij