चितवन : नारायणी नमुना माध्यमिक विद्यालय ले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयका अनुसार कुल ३८० जना परीक्षार्थीमध्ये ३७ जनाले ४.० जीपीए ल्याउन सफल भएका छन्।
विद्यालयका प्रधानाध्यापक रामशरण दुवाडीका अनुसार यस वर्षको नतिजा विद्यालयका लागि उल्लेखनीय उपलब्धि हो।
नतिजा विवरणअनुसार २१६ जना विद्यार्थीले ३.६ देखि ४.० जीपीए ल्याएका छन्। त्यस्तै, १०२ जना विद्यार्थीले ३.२ देखि ३.६ जीपीए, २१ जनाले २.८ देखि ३.२ जीपीए र ३ जनाले २.४ देखि २.८ जीपीए प्राप्त गरेका छन्।
विद्यालयले २ जीपीएभन्दा कम ल्याउने विद्यार्थी नभएको जनाएको छ। यद्यपि एक जना विद्यार्थीको नतिजा शून्य आएको विद्यालयले जानकारी दिएको छ।
उत्कृष्ट नतिजापछि विद्यालय परिवार, अभिभावक तथा विद्यार्थीहरूमा खुशी छाएको छ। विद्यालयले यस उपलब्धिलाई शैक्षिक इतिहासकै महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij