Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

मधेस प्रदेशसभाको सातौँ अधिवेशन आह्वान

मधेस प्रदेशसभाको सातौँ अधिवेशन आह्वान

जनकपुर : मधेस प्रदेशसभाको सातौँ अधिवेशन आह्वान भएको छ। आज मधेस प्रदेश सरकार (मन्त्रिपरिषद्) को बैठकले मधेस प्रदेशसभाको सातौँ अधिवेशन आह्वान गर्ने निर्णयानुसार प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो।

मधेस प्रदेश प्रमुखको कार्यालयका सचिव नारायणप्रसाद दाहालद्वारा आज जारी विज्ञप्तिमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम माननीय प्रदेश प्रमुखज्यूबाट वि.सं. २०८३ जेठ १ गते शुक्रबार दिनको ११ः०० बजेबाट लागू हुने गरी मधेस प्रदेशसभाको सातौँ अधिवेशन आह्वान गर्नुभएको व्यहोरा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट