काठमाडौँ : सर्वोच्च अदालतले अर्को आदेश नभएसम्मका लागि विश्वविद्यालयहरूबाट स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को संरचना खारेज गर्ने सरकारको निर्णय तत्कालन कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ।
सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले दुवै पक्षको छलफल सुनेर अर्को आदेश गर्नुपर्ने उल्लेख गर्दै त्यो नहुँदासम्म सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो। सरकारको निर्णय विरुद्ध विभिन्न आठ विद्यार्थी संगठनले रिट दर्ता गरेका थिए।
रिटका दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश पनि भएको छ। यस्तै सरकारलाई लिखित जवाफ पेश गर्न पनि भनिएको छ। एमाले निकट अनेरास्ववियु, नेकपा निकट अनेरास्ववियु क्रान्तिकारीसहितका विद्यार्थी संगठनहरूले अध्यादेशबाट गरिएको स्ववियु खारेजीविरुद्ध शुक्रवार रिट दर्ता गरेका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij