Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

इच्छाकामनामा “एसईई पछि के गर्ने?” भविष्य मार्गदर्शन कार्यक्रम सम्पन्न

इच्छाकामनामा “एसईई पछि के गर्ने?” भविष्य मार्गदर्शन कार्यक्रम सम्पन्न

इच्छाकामना :  चितवनको  इच्छाकामना ४ कुरिनटारस्थित सर्वशान्ति माध्यमिक विद्यालयमा “एसईई पछि के गर्ने?” शीर्षकको भविष्य मार्गदर्शन कार्यक्रम सम्पन्न भएको छ। यूथ्स अफ इच्छाकामना को आयोजनामा तथा ११ वटा माध्यमिक विद्यालयहरूको समन्वयमा सम्पन्न कार्यक्रममा एसईई २०८२ दिएका विद्यार्थी, अभिभावक, प्रधानाध्यापक, शिक्षक तथा विभिन्न क्षेत्रका स्थानीय विज्ञहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
 कार्यक्रममो विद्यालयका प्रधानाध्यापक केशव दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो । प्रारम्भिक चरणमा विद्यार्थीहरूको रुचि तथा क्षमता पहिचान गर्न aptitude assessment questionnaire सञ्चालन गरिएको थियो।

685819243_1227098405984776_5795835956416516263_n1778468666.jpg
मुख्य सत्रमा आकास शेरचनले करियर मार्गदर्शनको उद्देश्य तथा महत्वबारे प्रस्तुति दिनुभएको थियो भने सुरज सिलवालले आइसब्रेकिङ सत्र सञ्चालन गर्नुभएको थियो।
कार्यक्रमलाई तीन चरणको प्यानल छलफलमार्फत अघि बढाइएको थियो। पहिलो सत्र इच्छाकामनाको  पर्यटन विकासको सम्भावना र चुनौती, आतिथ्य तथा सामाजिक क्षेत्रमा केन्द्रित थियो। उक्त सत्रमा पुजन भण्डारी, चिरञ्जीवी कुमार शर्मा, आकृति त्रिपाठी तथा टिलु चेपाङले आफ्ना अनुभव साझा गर्नुभएको थियो।
दोस्रो सत्र विज्ञान, व्यवस्थापन तथा शिक्षा क्षेत्रसँग सम्बन्धित रहेको थियो। यसमा शिलता पौडेल, नवराज अधिकारी, धनराज गुरुङ, रेशम चेपाङ तथा सुलोचना लामा सहभागी हुनुभएको थियो।
त्यसैगरी, तेस्रो सत्र कला, सिर्जनशीलता तथा खेलकुद क्षेत्रमा केन्द्रित थियो। उक्त सत्रमा मेलिना गुरुङ, सफल गुरुङ, सीता शर्मा ढकाल, राकेश थापा तथा बनु गुरुङ सहभागी हुनुभएको थियो। कार्यक्रमको सञ्चालन आशिष त्रिपाठीले गर्नुभएको थियो।

688505780_26922695477387000_5286642187447582785_n1778468802.jpg
कार्यक्रमको अन्त्यमा प्रकृति सिलवालले मनोपरामर्श सत्र सञ्चालन गर्नुभएकोे थियो, जसले विद्यार्थीहरूलाई मानसिक तथा भावनात्मक रूपमा मार्गदर्शन प्रदान गरेको थियो।
कार्यक्रमभर विद्यार्थीहरूको सक्रिय सहभागिता, जिज्ञासा तथा उत्साह देखिएको आयोजकले जनाएको छ। न्यून स्रोतसाधनका बाबजुद स्वयंसेवकहरूको सक्रिय योगदानमा सम्पन्न कार्यक्रम प्रभावकारी र फलदायी बनेको आकाश शेरचनले बताउनुभयो । 
शेरचनका अनुसार यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई सही दिशा, आवश्यक जानकारी तथा आत्मविश्वास प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।  

687250067_2291645744697380_6701732017634487717_n.jpg
undefined
687817958_1298468925584676_3994817110840681030_n.jpg
undefined

 

685890227_2703254443378286_478506334128692526_n1778468830.jpg

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट