Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

भोलिदेखि संघीय संसदको बजेट अधिवेशन सुरु, राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने

भोलिदेखि संघीय संसदको बजेट अधिवेशन सुरु, राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौं : संघीय संसदको बजेट अधिवेशन भोलि सोमबारदेखि सुरु हुँदैछ । अधिवेशनको पहिलो दिन नै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ ।

संसद सचिवालयका अनुसार राष्ट्रपति Ramchandra Paudel ले सोमबार अपराह्न ४ बजे संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । नेपालको संविधानको धारा ९५ अनुसार प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिबाट संयुक्त बैठकलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरिका अनुसार नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा सहभागी हुन प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई अपराह्न ३ः४५ बजेअघि नै उपस्थित हुन अनुरोध गरिएको छ । त्यसअघि अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्ने कार्यतालिका तय गरिएको छ ।

प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी गराइने, मन्त्रिपरिषद् हेरफेरसम्बन्धी सूचनाबारे सदनलाई अवगत गराइने तथा सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको मनोनयन गरिने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

त्यसैगरी प्रतिनिधिसभा नियमावली, २०७९ अन्तर्गत बाधा अड्काउ फुकाउसम्बन्धी प्रस्ताव अनुमोदनका लागि पेश गरिनेछ भने नियमावलीको मस्यौदामाथि पनि छलफल हुने जनाइएको छ ।

सरकारले जारी गरेका विभिन्न अध्यादेशहरू पनि अधिवेशनमा पेश गरिने भएका छन् । सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश तथा संवैधानिक परिषद् सम्बन्धी पहिलो संशोधन अध्यादेशसहित आठ वटा अध्यादेश संसदमा पेश गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij