चितवन : बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का प्रभावशाली युवा नेता अशोक लामाले पार्टीका सम्पूर्ण जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन्। लामो समयदेखि पार्टीको विभिन्न तहमा सक्रिय भूमिका निर्वाह गर्दै आएका लामाले शुक्रबार विज्ञप्ति जारी गर्दै अब आफू पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने बताएका हुन्।
लामा पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य, युवा संगठन नेपालको केन्द्रीय सचिवालय सदस्य तथा चितवन जिल्ला इन्चार्जको जिम्मेवारीमा कार्यरत थिए। उनले जारी गरेको वक्तव्यमा पार्टी र संगठनप्रति सदैव इमानदारीपूर्वक प्रतिबद्ध भएर काम गरेको उल्लेख गर्दै सम्पूर्ण नेतृत्व, सहकर्मी तथा जनसमुदायप्रति आभार व्यक्त गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij