भरतपुर : सिर्जनशील समाज भरतपुर चितवनको आयोजना र उदय नेपाल चितवनको सहकार्यमा तरकारी तथा कृषि बालीमा विषादी न्यूनीकरणसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
सिर्जनशील समाज भरतपुर–४ का अध्यक्ष ईश्वरी कँडेलको सभापतित्वमा भएको कार्यक्रममा कृषि विज्ञ निशा सुवेदीले प्रशिक्षण दिएकी थिइन् । उनले तरकारी, खेतीबाली, फलफूलका बिरुवामा लाग्ने रोगहरु, रोगको रोकथाम र न्यूनीकरणका लागि विषादीको प्रयोग घटाउन सकिने उपाय, विषादीको प्रयोगबाट उत्पन्न हुने समस्या, उपयोगी र अनुपयोगी किराहरुको बारेमा बिस्तृतरूपमा प्रशिक्षण गरेकी थिइन् ।
कार्यक्रममा बिषादीको प्रयोग न्यूनीकरणका लागि किरा लाग्नै नदिनु, किरा लाग्नासाथ किरा निर्मुल पार्नुपर्ने, घरियसी औषधिहरु, झोल मलको प्रयोग गर्ने, पानीको प्रयोग, तितो, पिरो, टर्रो, अमिलो र विशेष गरी किरालाइ मन नपर्ने बस्तुहरुको प्रयोग गर्नुपर्ने, पानीको प्रयोगलगायत विविध विषयमा जानकारी गराइएको थियो ।
कार्यक्रममा सिर्जनशील समाजका संस्थापक अध्यक्ष शिवप्रसाद बराल, निवर्तमान अध्यक्ष टीकाराम सापकोटा, पूर्वउपाध्यक्ष महेश्वर पोखरेल, पूर्व महासचिव कविता शर्मा, समाजका उपाध्यक्ष हरिप्रसाद गुरागाईं, महासचिव सुरेश घिमिरे, सचिव प्रदीप अर्याल, कोषाध्यक्ष लक्ष्मी कँडेल, सदस्यहरु दिवाकर अधिकारी, तारा कँडेल, रन्जना कँडेल र भरतपुर–४, वैकुण्ठ टोलवासी ५५ जना महिला तथा पुरुषको सहभागिता रहेको थियो ।
सिर्जनशील समाज भरतपुर–४ का सस्थापक अध्यक्ष शिवप्रसाद बरालले सहजीकरण गरेको कार्यक्रममा संस्थाका अध्यक्ष ईश्वरी कँडेलले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको व्यवस्थापन गोविन्द कँडेलले गरेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij