Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

स्वास्थ्यको नयाँ दरबन्दीमा विभेद गरिएको भन्दै स्वास्थ्यकर्मीद्वारा विरोध प्रदर्शन

स्वास्थ्यको नयाँ दरबन्दीमा विभेद गरिएको भन्दै स्वास्थ्यकर्मीद्वारा विरोध प्रदर्शन

काठमाडौँ :  नेपाल सरकारले स्वास्थ्य सेवातर्फ थप गरेको नयाँ दरबन्दीमा हेल्थ असिस्टेन्ट (एचए), सीएमए र ल्याब टेक्निसियन समूहलाई पूर्णतः उपेक्षा गरिएको भन्दै स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन्।

सरकारले ३५ वर्षपछि स्वास्थ्य सेवामा स्थायी दरबन्दी थप गरे पनि आफूहरूलाई सहभागी नगराइएको भन्दै आक्रोशित स्वास्थ्यकर्मीहरूले जनकपुरधामको जनकचोकमा स्वास्थ्यमन्त्रीको पुत्ला दहन गरी विरोध प्रदर्शन गरेका हुन्।

विरोध कार्यक्रममा बोल्दै स्वास्थ्यकर्मी नवेश अधिकारीले साढे तीन दशकपछि दरबन्दी थप हुनु खुशीको कुरा भए पनि एचए, सीएमए र ल्याव समूहको दरबन्दी शून्य राखिनु न्यायोचित नभएको बताए।

उनले वर्तमान सरकारले मेडिकल माफियाको प्रभावमा परेर यस्तो विभेदकारी निर्णय गरेको आरोप लगाए। अधिकारीले सरकारले तत्काल यो निर्णय नसच्याए र आफ्ना मागहरू सम्बोधन नगरे आगामी वैशाख २८ गतेदेखि काठमाडौँमा सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिए।

सरकारले दुई दिनअघि मात्रै स्वास्थ्य क्षेत्रमा ९ सय ७७ जना नयाँ स्थायी प्राविधिक तथा विशेषज्ञको दरबन्दी थप गर्ने प्रस्ताव गरेको थियो। सो प्रस्तावलाई अर्थ मन्त्रालयले गत बुधबार स्वीकृत गरिसकेको छ। तर उक्त दरबन्दीमा केही निश्चित समूहलाई मात्र समेटिएपछि आधारभूत तहका स्वास्थ्यकर्मीहरू आफूहरूमाथि अन्याय भएको भन्दै सडकमा उत्रिएका हुन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट