Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

नेपाल औषधि व्यवसायी संघ चितवनमा इन्द्रराज गैरेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत

नेपाल औषधि व्यवसायी संघ चितवनमा इन्द्रराज गैरेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत

चितवन : नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा चितवनमा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । इन्द्रराज गैरेको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो ।

भरतपुरमा शनिबार भएको २१ औं वार्षिक साधारण सभा तथा ८ औं जिल्ला अधिवेशनले बरिष्ठ उपाध्यक्षमा लक्ष्मीलाल श्रेष्ठ, उपाध्यक्ष (थोक) मा तारानाथ अधिकारी, उपाध्यक्ष (खुद्रा)मा रुद्र सापकोटा, महासचिवमा टेक प्रसाद सापकोटा, कोषाध्यक्षमा विनोद पन्त, सचिवमा मेघनाथ पौडेल, सह–कोषाध्यक्षमा राजेश पौडेल चयन गरेको छ ।

 

यस्तै सदस्यहरुमा विज्ञान पौडेल ‘कुल’ (थोक), श्रीनिवास पौड्याल (थोक), हरि प्रसाद ढकाल (खुद्रा), प्रेम थापा (खुद्रा), श्रीकृष्ण गौतम (खुल्ला), धनमाया लुईटेल (खुल्ला) र शारदा ढकाल आचार्य (खुल्ला) सर्वसम्मत निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता अनिल कुमार पौडेलले जानकारी दिनुभयो ।

अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि नेपाल औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष प्रकाश कुमार खन्डेवालले सरकारले औषधिको पर्याप्तताका लागि वातावरण तयार पार्नुपर्ने बताउनुभयो । औषधि जस्तो संवेदनशील वस्तुको अभाव कहिल्यै हुन नहुने भन्दै उहाँले व्यवसायीहरु त्यसतर्फ सचेत रहेको बताउनुभयो ।

औषधि व्यवस्था विभाग बिरगञ्जका प्रमुख शम्भु साहले फार्मेसीहरुले औषधिको गुणस्तर कायम राख्नका लागि लाग्नुपर्ने बताउनुभयो । नेपाल औषधि व्यवसायी संघ बाग्मती प्रदेश अध्यक्ष ध्रुव नारायण श्रेष्ठले संघ व्यवसाथीहरुको हिकहित र उपभोक्ताको गुणस्तरीय वस्तु प्राप्त गर्ने अधिकारप्रति सधैं सचेत रहेको बताउनुभयो ।

अधिवेशनको बन्द सत्रमा महासचिव तारानाथ अधिकारी र कोषाध्यक्ष रुद्रप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको प्रगति र आर्थिक प्रतिबेदन सर्वसम्मतले पारित भएको थियो ।

नेपाल औषधि व्यवसायी संघ चितवनका अध्यक्ष बिनोद प्रसाद तिमल्सेनाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट