Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

मुग्लिनमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, करिब २०० जनाले लिए सेवा

मुग्लिनमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, करिब २०० जनाले लिए सेवा

इच्छाकामना :स्कुल अफ हेल्थ साइन्स भरतपुरको आयोजनामा तथा इच्छाकामना गाउँपालिकाको सहकार्यमा मुग्लिनमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शुक्रबार सम्पन्न शिविरमा भरतपुर अस्पताल र बकुलहर रत्ननगर अस्पतालले प्राविधिक सहयोग गरेका थिए।
थकाली सेवा समितिमा आयोजित शिविरमा करिब २००जनाले स्वास्थ्य सेवा लिएका छन्। शिविरमा दाँत, स्त्रीरोगलगायत विभिन्न रोगका विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण गरिएको थियो। साथै आवश्यक औषधि निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ।

photo21778253695.jpg
शिविरको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले स्वास्थ्य परीक्षण गराएर उद्घाटन गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष तेजबहादुर शेरचन, वडा नम्बर २ का वडाध्यक्ष पञ्चबहादुर चेपाङ लगायतको आतिथ्यता रहेको थियो।
आयोजकले यस्ता स्वास्थ्य शिविरले विपन्न नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

 

photo41778253866.jpg

photo31778253866.jpg

425867bd-c85d-43ba-baf7-0b6ab9533a6a.jfif

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट