Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

तुइनखोलामा सडकमाथिको जोखिमपूर्ण ढुङ्गा हटाइयो

तुइनखोलामा सडकमाथिको जोखिमपूर्ण ढुङ्गा हटाइयो

चितवन :  नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा सडकमाथिको भीरमा अड्किएका जोखिमपूर्ण ढुङ्गा हटाइएको छ।

बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म हेटौंडा तथा इलाका प्रहरी कार्यालय मुग्लिनबाट ट्राफिक प्रहरीसहितको संयुक्त टोली खटिई सडकमाथिको भीरबाट समय–समयमा ढुङ्गा खसिरहने जोखिमलाई मध्यनजर गर्दै तत्कालीन समाधानका लागि उक्त ढुङ्गाहरू सुरक्षित रूपमा खसालेर हटाइएको हो।

प्रहरीका अनुसार सडक यात्रुलाई सम्भावित दुर्घटनाबाट जोगाउन तथा सवारी आवागमनलाई सुरक्षित बनाउन जोखिमयुक्त ढुङ्गा हटाउने कार्य गरिएको हो। उक्त क्षेत्रमा अझै पनि पहिरो तथा ढुङ्गा खस्ने सम्भावना रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।

690637764_1299963598993118_4501963680663270650_n.jpg

 

690642940_1299963548993123_6550209536131591710_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट