Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

आज विभिन्न तीन संसदीय समितिको बैठक बस्दै

आज विभिन्न तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ : आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार दिउँसो १ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दैछ । 

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजनाका सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै बिहान साढे १० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको आन्तरिक छलफल सम्बन्धमा छलफल हुनेछ ।
का निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा समितिको कार्यविधि सम्बन्धमा छलफल हुनेछ । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट