मुग्लिन : नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ५ः२० बजे तुईनखोलामा सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
हाल पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी रविन्द्र खनालले जानकारी दिनुभयो । करिब एक घण्टाभित्र सडक सुचारु गर्ने गरि पहिरो पञ्छाउने कार्य भइरहेकोले धैर्य गरेर आफ्नो लेनमा बस्न आग्रह गर्नुभएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij