इच्छाकामना : शिक्षा विकास तथा समन्वय एकाइ चितवनको आयोजना तथा इच्छाकामना गाउँपालिका को समन्वयमा अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी सरोकारवालाबीच सघन छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारी अध्यक्षतामा मङ्गलबार गाउँपालिका सभाहलमा सम्पन्न भएको हो
कार्यक्रममा इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ सहित जनप्रतिनिधि,प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेत , शिक्षक, शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।
अन्तरक्रियामा अनिवार्य तथा निःशुल्क शिक्षाको प्रभावकारी कार्यान्वयन, विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने उपाय तथा शिक्षाको गुणस्तर सुधारका विषयमा विस्तृत छलफल गरिएको बताइएको छ।
सहभागीहरूले शिक्षा सबै बालबालिकाको मौलिक अधिकार भएकाले यसको सुनिश्चितताका लागि स्थानीय तह, विद्यालय र समुदायबीच सहकार्य आवश्यक रहेको बताएका थिए।कार्यक्रमले शिक्षाको पहुँच विस्तार, विद्यालय भर्ना अभियानलाई प्रभावकारी बनाउने तथा शिक्षासम्बन्धी नीतिगत कार्यान्वयनलाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमको सहजिकरण शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख लक्ष्मण देवकोटाले गर्नुभएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij