Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

चितवन अटो शो २०२६ भव्य रूपमा सम्पन्न, १ अर्बभन्दा बढी कारोबार

चितवन अटो शो २०२६ भव्य रूपमा सम्पन्न, १ अर्बभन्दा बढी कारोबार

चितवन : पाँच दिनसम्म सञ्चालन भएको “चितवन अटो शो २०२६” भव्य रूपमा सम्पन्न भएको छ। उक्त अटो शोले १ अर्ब रुपैयाँभन्दा बढी कारोबार गर्दै व्यापक जनसहभागिता जुटाएको आयोजकले जनाएको छ।

चितवन अटोमोबाइल डिलर्स एसोसिएसन र चितवन अटोमोबाइल एसोसिएसनको संयुक्त आयोजनामा वैशाख १७ गतेदेखि चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा सुरु भएको कार्यक्रम पाँच दिनपछि सम्पन्न भएको हो। आयोजकका अनुसार प्रदर्शनी अवधिभर ३२१ वटा सवारीसाधन बुकिङ तथा बिक्री भएका छन्। जसमा ११४ वटा मोटरसाइकल, १४८ वटा कार र ५९ वटा भ्यान रहेका छन्। अटो शोमा १२ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका थिए।

27b1c38b-5672-4f48-8756-94e50c698fc3.jfif
करिब ३० वटा कम्पनीको सहभागिता रहेको उक्त कार्यक्रममा ७० भन्दा बढी स्टलमार्फत कार, जिप, मोटरसाइकल र स्कुटर प्रदर्शन गरिएको थियो। माइक्रोबस र भ्यानका लागि छुट्टै स्थान व्यवस्थापन गरिएको थियो भने मुख्य हल बाहिर पनि अतिरिक्त स्टलहरू राखिएका थिए।प्रदर्शनीमा आगन्तुकहरूले तत्कालै फाइनान्स तथा बीमा सेवा पाउने सुविधा समेत प्राप्त गरेका थिए। विभिन्न कम्पनीहरूले सवारी खरिदकर्ताका लागि विशेष छुट र आकर्षक योजनाहरू प्रस्तुत गरेका थिए।

समापन समारोह संयोजक राजन पियाको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा ध्रुवबहादुर थापा सहभागी हुनुहुन्थ्यो। साथै, लक्की ड्रमार्फत तीन जना ग्राहकलाई विशेष पुरस्कार समेत प्रदान गरिएको थियो। समग्रमा, चितवन अटो शो २०२६ ले अटोमोबाइल व्यापार प्रवर्द्धनसँगै उपभोक्ताको चासो बढाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकको निष्कर्ष रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट