चितवन : रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा दीपकराज पौडेल निर्वाचित भएका छन् । दुई हजार पाँच सय ४४ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिष्पर्धी नन्दुकेशरी खनालले दुई हजार दुई सय ५१ मत प्राप्त गरे ।
निर्वाचनमा अध्यक्षसहित अन्य सबै पदाधिकारीमा पौडेलको प्यानल नै विजयी भएको छ । उपाध्यक्षमा रामहरी अधिकारी, सचिवमा प्रताप डल्लाकोटी र कोषाध्यक्षमा विरञ्जना सापकोटा घिमिरे विजयी भएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij