काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो १ बजे बस्दै छ।कांग्रेसको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार सोमबार दिउँसो १ बजे कांग्रेस केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगरमा बैठक बस्न लागेको हो। बैठकमा असन्तुष्ट देखिएका पूर्णबहादुर खड्का र शेखर कोइराला समूहका नेताहरुसँग छलफल र सम्वादबारे पनि छलफल हुने बताइएको छ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरुको उपस्थितका लागि अनुरोध गरिएको छ।
यसअघि वैशाख १६ गते कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले प्रतिनिधिसभाको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गर्ने विभिन्न सदस्यहरुलाई पाँच दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij