Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

चितवन अटो शोको तेश्रो दिन ५० जनाले गरे रक्तदान

चितवन अटो शोको तेश्रो दिन ५० जनाले गरे रक्तदान

चितवन : चितवनमा जारी अटो शो २०२६ अन्तर्गत तेस्रो दिन आयोजना गरिएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन्। कार्यक्रममा ४४ पुरुष र ६ महिला सहभागी भएका थिए भने १० जना नयाँ रक्तदाताको पनि उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

चितवन अटो शोका कार्यक्रम संयोजक राजन पियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्ष तथा प्रदर्शनी विभाग प्रमुख गजेन्द्र अधिकारीले पहिलो रक्तदाता, चितवन उद्योग संघ राप्ती समितिका अध्यक्ष खिलप्रसाद घिमिरेलाई ब्लड ब्याग प्रदान गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए।

रक्तदान कार्यक्रम चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गरेका थिए। कार्यक्रममा चितवन अटोमोवाइल्स डिलर्स एशोसिएसनका अध्यक्ष ईन्द्र प्रसाद रेग्मी, चितवन अटोमोवाइल्स एशोसिएसनका अध्यक्ष मोहन के.सी., ब्लड डोनर्स सोसाइटीका अध्यक्ष एकराज बुर्लाकोटीलगायतको उपस्थिति रहेको थियो।

अटो शोसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरिएको रक्तदान कार्यक्रमले मानवसेवामा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट