नवलपुर : नेपाल उद्योग–व्यापार महासंघको चौथो वार्षिक साधारण सभा तथा द्वितीय राष्ट्रिय महाधिवेशन बैशाख १९ र २० गते गैँडाकोट नारायणी रिसोर्टमा सुरु हुने भएको छ।
महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको महासंघका अध्यक्ष तथा महाधिवेशन मुल समिति संयोजक खिमलाल भण्डारीले जानकारी दिए । महासंघले यस अवसरमा आफ्नो उद्देश्य, हालसम्मका गतिविधि, उपलब्धि तथा आगामी कार्ययोजनाबारे जानकारी गराउने भण्डारीले गराए । महासंघले देशको आर्थिक सशक्तीकरणका लागि आत्मनिर्भर र सबल अर्थतन्त्र निर्माण आवश्यक रहेको उल्लेख गर्दै औद्योगिक विकास, उत्पादन वृद्धि, व्यापार विविधीकरण र रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखेको महासंघका महासचिव खिमनारायण पराजुलीले जानकारी गराए ।
आयोजकका अनुसार महाधिवेशनमा देशभरका उद्योगी, व्यवसायीसहित देशभरका ५ सय बढी प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहनेछ। कार्यक्रममा वर्तमान आर्थिक चुनौती, नीतिगत सुधार तथा निजी क्षेत्रको भूमिकाबारे गहन छलफल हुने बताइएको छ। कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।
महासंघले सम्पूर्ण सरोकारवाला निकाय, उद्योगी–व्यवसायी तथा आम नागरिकलाई महाधिवेशन सफल बनाउन सहयोग र सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध समेत गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij