काठमाडौँ : साताको कारोबार हुने अन्तिम दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ। बिहीबार नेप्से परिसूचक ५.७३ अङ्कले घटेर २७३८.७२ विन्दुमा बन्द भएको हो ।
आज बजारमा कुल ३४६ कम्पनीका १ करोड ९ लाख कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९१ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ। आज कारोबार भएका कुल कम्पनीमध्ये ९८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ वटा कम्पनीको मूल्य घटेको छ। बाँकी १० कम्पनीको मूल्य भने स्थिर रहेको छ।
आज सबैभन्दा बढी नाफा कमाउनेमा श्रीनगर एग्रोटेक इन्डिष्ट्रिजरहेको छ, जसको सेयर मूल्य १२.५७ प्रतिशतले बढेको छ। त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले आज १०.३८ प्रतिशत गुमाउनुबाहेक अन्यमा दोहोरो अङ्कको उतारचढाव देखिएन।
समूहगत रूपमा हेर्दा आज बैंकिङ र उत्पादनमूलक क्षेत्र बाहेक अन्य सबै समूह घटेका छन् । कुनै पनि समूहमा एक प्रतिशत भन्दा बढीको उतारचढाव देखिएको छैन । कारोबार रकमको आधारमा आज रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रह्यो। यस कम्पनीको २६ करोड ७५ लाख ६८ हजार रुपैयाँ भन्दा बढीको कारोबार भयो।
त्यस्तै आँखुखोला जलविद्युत २१ करोड ९१ लाख, नेशनल हाइड्रोपावर १९ करोड ३० लाख, शिवम् सिमेन्ट १७ करोड ३ लाख र एनआरएन इन्फास्ट्रक्चर १५ करोड ४२ लाख क्रमशः सर्वाधिक कारोबार हुने शीर्ष पाँच कम्पनीभित्र पर्न सफल भए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij