चितवन : इच्छाकामना–५ मुग्लिनस्थित त्रिवेणी बराह माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारीहरू तलब नपाएपछि धर्नामा बसेका छन् ।
विद्यालयको नामाकरणसम्बन्धी विवादका कारण २०८२ कात्तिक महिनादेखि उनीहरूले तलब पाउन सकेका छैनन् । सर्वोच्च अदालतले “श्री त्रिवेणी बराह नन्दप्रसाद त्रिपाठी माध्यमिक विद्यालय” नाममा शैक्षिक गतिविधि सञ्चालन गर्न निर्देशन दिए पनि विद्यालय प्रशासनले पुरानै नाममा बैंक खाता सञ्चालन गरेको आरोप लागेको छ ।
यसै कारण गाउँपालिकाले कानुनी जटिलता देखाउँदै शिक्षक तथा कर्मचारीलाई दिइने तलब, भत्ता लगायत सम्पूर्ण रकम रोकिएको जनाएको छ । तलब रोकिएपछि आक्रोशित शिक्षक–कर्मचारीहरू विद्यालय परिसरमै धर्नामा बसेका छन् ।
नामाकरण विवाद र प्रशासनिक अलमलका कारण विद्यालयको नियमित पठनपाठनदेखि आर्थिक व्यवस्थापनसम्म प्रभावित बनेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij