चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र सम्बन्धित निकायको अनुमति बिना फोटो तथा भिडियो खिच्न रोक लगाएको छ।
कार्यालयले जारी गरेको सूचनामा पछिल्लो समय विभिन्न व्यक्ति तथा संस्थाबाट अस्पताल परिसरका विभिन्न स्थानमा स्वीकृतिबिना फोटो रभिडियो खिच्ने कार्य बढ्दै गएको र त्यसले चिकित्सकको कार्यसम्पादनमा प्रतिकूल असर पारेको उल्लेख गरिएको छ।
यस्तै, बिरामीको व्यक्तिगत गोपनीयता समेत हनन हुने गुनासो प्राप्त भएपछि यस्तो सूचना जारी गरिएको प्रशासनले जनाएको छ।प्रशासनले अस्पताल तथा स्वास्थ्य संस्थाको स्वीकृति बिना यस्ता गतिविधि नगर्नरनगराउन सम्बन्धित सबैमा अनुरोध गरेको छ। सूचनाको अवज्ञा गरी कार्य गरे वा गराएमा प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij