Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

नेकपा संयोजन समिति बैठक सकिएन, भोलि फेरि बस्ने

नेकपा संयोजन समिति बैठक सकिएन, भोलि फेरि बस्ने

काठमाडौँ  : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक भोलि फेरि बस्ने भएको छ। सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठक नसकिएपछि भोलि फेरि बस्ने नेता देवेन्द्र पौडेलले बताए । नेताहरूको कार्य विभाजनबारे निर्णय लिन बैठक बसेको थियो। 
संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले नेताहरूको कार्य विभाजन, विभागीय जिम्मेवारी तथा सचिवालय र केन्द्रीय कार्य समितिलाई पूर्णता दिने विषयमा ठोस निर्णय लिने छ। पटक–पटक स्थगित भएको बैठक चैत ३ गते संयोजक र सह–संयोजकले वैशाख ३ गते सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिएर स्थगित गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट