Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

भरतपुरमा आमा समूहबीच फुटबल : दिपेन्द्रचोक आमा समूह च्याम्पियन, सिर्जनशील आमा समूह उपविजेता

भरतपुरमा आमा समूहबीच फुटबल : दिपेन्द्रचोक आमा समूह च्याम्पियन, सिर्जनशील आमा समूह उपविजेता

भरतपुर : भरतपुर महानगरपालिका वडा नं. १२ को आयोजनामा टोलभित्रका ८ वटा आमा समूहबीच सम्पन्न चौथो अन्तरटोल स्तरीय आमा समूह, युवा तथा भेट्रान फुटबल प्रतियोगिता २०८३ सम्पन्न भएको छ।

प्रतियोगिताको रोमाञ्चक फाइनल खेलमा दिपेन्द्रचोक आमा समूहले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि हात पारेको हो। उपाधिका लागि भएको प्रतिस्पर्धामा सिर्जनशील आमा समूह उपविजेतामा सीमित रह्यो।

फाइनल खेलमा निर्णायक एक गोल गर्दै दिपेन्द्रचोक आमा समूहकी सविना तामाङ प्रतियोगिताको उत्कृष्ट खेलाडी (Player of the Tournament) र उत्कृष्ट गोलकिपर घोषित भइन्। उनको उत्कृष्ट प्रदर्शनले टोलीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेको थियो।

त्यसैगरी, नोरेङ आमा समूहकी स्मृति कुँवर प्रतियोगिताकी सर्वाधिक गोलकर्ता बनिन् भने सिर्जनशील आमा समूहकी सानु कुमाल उत्कृष्ट डिफेन्डर घोषित भइन्।

स्थानीय स्तरमा आयोजना गरिएको यस प्रतियोगिताले आमा समूहहरूबीच आपसी सद्भाव, सहकार्य र खेलकुदप्रतिको आकर्षण अभिवृद्धि गर्नुका साथै महिलाहरूको सक्रिय सहभागितालाई समेत प्रोत्साहन गरेको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट