बुटवल : बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) नियुक्ति सम्बन्धमा सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा आएको छ ।
सर्वोच्चको आदेश कार्यान्वयन गर्दै लुम्बिनी प्रादेशिक अस्पतालमा ११औँ तहमा स्थायी नियुक्ति भएका डा. विष्णु गौतमलाई मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त गरिएको हो ।यसअघि ११औँ तहका डा. गौतमलाई पाखा लगाउँदै १०औँ तहका वरिष्ठ अर्थोपेडिक चिकित्सक डा. इन्द्र ढकाललाई लुम्बिनी प्रदेश सरकारले मेसु नियुक्त गरेको थियो ।
प्रदेश सरकारले मेसु नियुक्त गर्दा आफूलाई उपेक्षा गरिएको भन्दै गौतमले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । हरि प्रसाद फुयाल र अब्दुल अजीज मुसलमानको इजलासले नेपाल स्वास्थ्य सेवा जनरल हेल्थ समूहअन्तर्गत ११औँ तहका चिकित्सकलाई प्राथमिकता दिन निर्देशात्मक आदेश जारी गरेको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij