Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

कंकाली वनमा तीन दलीय गठबन्धनलाई पराजित गर्दै रास्वपाको प्यानलै विजयी

कंकाली वनमा तीन दलीय गठबन्धनलाई पराजित गर्दै रास्वपाको प्यानलै विजयी

खैरहनी :  खैरहनी नगरपालिका–४ चैनपुरस्थित कंकाली सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा तीन दलीय गठबन्धनलाई पराजित गर्दै रास्वपाको प्यानलै विजयी भएको छ । 
काँग्रेस, एमाले र नेकपा बीच गठबन्धन हुँदा रास्वपा एक्लै चुलावमा होमिएको थियो । रास्वापा निकट रविन्द्रनाथ अधिकारी नेतृत्वको प्यानलले क्लिन स्वीप गरेको हो। अध्यक्ष पदका उम्मेदवार रविन्द्रनाथ अधिकारी ९९ मतान्तरसहित विजयी भए ।
अधिकारीले ६३६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी तिलक न्यौपानेले ५३७ मत प्राप्त गरे। अध्यक्षसहित अधिकारी नेतृत्वको सम्पूर्ण प्यानल विजयी भएको निर्वाचन समितिले जनाएको छ।
नवनिर्वाचित उपाध्यक्षमा कविचन्द्र रिमाल, सचिवमा सकुन्तला अधिकारी, कोषाध्यक्षमा पार्वती बस्नेत निर्वाचित भएका छन्। त्यसैगरी लेखा समिति संयोजकमा कृष्णप्रसाद अर्याल तथा सदस्यहरूमा राजेन्द्रप्रसाद ढकाल र सुदीप सोती निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट