चितवन : लायन्स क्लब अफ चितवन सौराहा युथको अध्यक्षमा आशिष रेग्मी चयन भएका छन्। आज सम्पन्न क्लबको दोस्रो वार्षिक साधारण सभा तथा अधिवेशनले आर्थिक वर्ष २०२६/२७ का लागि युवा व्यवसायी तथा समाजसेवी रेग्मीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो।
नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा पुरुषोत्तम पोखरेल, सचिवमा संजय पौडेल र कोषाध्यक्षमा अश्विन रेग्मीलगायत अन्य सदस्यहरु चयन भएका छन्। लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आर, नेपाल अन्तर्गत रहेको उक्त क्लबले वर्षभरि गरेका सामाजिक कार्यहरूको समीक्षा गर्दै आगामी योजनाबारे समेत छलफल गरेको छ।
सभामा क्लबका पदाधिकारी, सदस्यहरू तथा विभिन्न क्षेत्रका अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै नयाँ कार्ययोजना र सामाजिक सेवामुखी कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने विषयमा निर्णय लिइएको नवनिर्वाचित सचीव संजय पौडेलले जानकारी दिए। उनका अनुसार क्लबले स्थापना कालदेखि नै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij